एनसेलको कर लुकाउन उच्च अधिकारीले नै दबाब दिए : पूर्व महालेखा नियन्त्रक खत्री

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | काठमाडौं

-  पूर्व कार्यवहाक महालेखा नियन्त्रक सुकदेव खत्रीले कर छली र ठूला भ्रष्टाचार काण्डले अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने बताउनुभएको छ । एनसेलको पू“जीगत लाभकर छली, वाईडवडी भ्रष्टाचार काण्ड, उच्चस्तरीय कर फस्र्यौट आयोगमा भएको अनियमतिता लगायत कारणले राज्यलाई ठूलो आर्थिक भार परेको खत्रीको भनाई छ । विभिन्न कानूनी छिद्रमा टेकेर १ खर्व २५ अर्व रुपैय“ाभन्दा बढी कर छली भइरहेको भन्दै खत्रीले प्रशासन संयन्त्रमा बस्नेहरुले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

रेडियो कान्तिपुरस“ग विहान कुरा गर्दै पूर्व महालेख नियन्त्रक खत्रीले भन्नुभयो, '५ खर्बभन्दा बढीको घाटा बजेट ल्याउने तर कानूनी छिद्रमा रहेर १ खर्व २५ अर्बभन्दा बढीको कर छली हु“दासमेत राज्यको ध्यान जान सकेको छैन । यसले अर्थतन्त्रमा गम्भीर असर ल्याउने वाला छ ।' पछिल्लो समय एनसेललाई करीब १८ अर्र्ब रुपैया“ राजश्व छुट दिएर सर्वोच्चले समेत गल्ती गरेको खत्रीले बताउनुभयो । आफु कार्यवहाक महालेखा परिक्षक हुँदा एनसेलबारेको प्रतिवेदन लुकाउन सरकारी उच्चस्तरीय कर्मचारीबाटै दबाब आएको खत्रीले बताउनुभयो । 


प्रतिक्रिया