लमजुङमा भूकम्पको धक्का महसुस

भाद्र ३१, २०७६ | लमजुङ

लमजुङ र आसपासका जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ । लमजुङमा मानिसहरु डराएर घरबाहिर निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार लमजुङको दोर्दी गाउँपालिका ४, नौथर शेरा नजिकै केन्द्रबिन्दु भएर मंगलबार बिहान पराकम्प गएको छ ।

बिहान ९ बजेर ५३ मिनेट जाँदा ४ दशमलब ५ म्याग्निच्युटको पराकम्प भएको केन्द्रले आफ्नो वेभसाइटमा समेत राखेको छ । 

केन्द्रले आफ्नो वेभसाइटमा राखेको गुगल म्याप डाटा अनुसार नौथरदेखि पाचोक जाने बाटो जितौरे नजिकै किसेदीखोला आसपास केन्द्रबिन्दु देखाएको छ । नौथर शेराका गमबहादुर गुरुङका अनुसार बिहान खान खाँदै गरेको समयमा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बाहिर निस्किएका थिए ।

उक्त क्षेत्रमा कुनैपनि मानवीय तथा भौतिक क्षति भने नभएको उनले बताए । लमजुङका अलावा मनाङ, गोरखा, कास्की लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् ।


प्रतिक्रिया