अमेरिका र जापानबीच प्रारम्भिक व्यापार सम्झौता

भाद्र ३१, २०७६ | काठमाडौं

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग प्रारम्भिक व्यापार सम्झौता भएको  बताउनुभएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले जापानसँग डिजिटल व्यापारबारे प्रारम्भिक सहमति भइसकेको र केही साताभित्रै कार्यन्वयनमा आउने बताउनुभएको हो ।

जापानसँगको व्यापार सम्झौताप्रति सकारात्मक प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो सम्झौता कानून अनुसार प्रक्रियागत रुपमा हुन लागेको भन्दै सांसदहरुको ध्यानाकर्षण समेत गराउनुभएको छ । 

वार्ताका लागि कुनै भोटिङ प्रक्रियाको आवश्यकता नभएको समेत उहाँले प्रष्ट पार्नुभएको छ ।

ट्रम्प प्रशासनले गत वर्षदेखि नै जापानसँगको व्यापार वार्ताका लागि आवश्यक सहकार्य अघि बढाइसकेको थियो ।

गत महिना राष्ट्रपति ट्रम्प र जापानका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा समेत दुई मुलुकबीचको व्यापार प्रक्रियालाई सहज बनाई कृषि लागायतका वस्तुमाथिको कर कटौती सम्बन्धमा एक किसिमको सहमति बनेको थियो  । 


प्रतिक्रिया