असोज पहिलो साताबाट नयाँ नोट

भाद्र ३१, २०७६ | काठमाडौं

राष्ट्र बैंकले दशैं र तिहारका लागि असोज १० गतेदेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ । नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ ।

एक साता छिटो नयाा नोट लिएपनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले पनि असोज १० देखि नै नोट बाँड्ने छन् । राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँ भन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने जनाएको छ ।

गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो । यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, एक सय, ५ सय र एक हजार दरका नोट वितरण गर्न लागेको हो ।
 


प्रतिक्रिया