प्रतिकूल मौसमका कारण विमान अवतरण बन्द

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | काठमाडौं

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण बन्द भएको छ । विमान अवतरणका लागि आवश्यक भिजिविलिटी नपुग्ने भएका कारण दिउँसो करीब साढे २ बजेबाट आन्तरिक तथा अन्य मुलुकबाट आएका विमानको अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिलेसम्म बुद्ध एयरका ३ र श्रीयरको एउटा विमानलाई डाइभर्ट गरिएको छ । यस्तै, भारतबाट आएको इण्डिगो एयरको विमानलाई पनि लखनउ डाईभर्ट गरिएको छ । विमानस्थलबाट हुने उडान भने भइरहेको तिवारीले बताउनुभयो ।

मौसममा सुधार आउने संकेत नदेखिएकाले आज दिनभर अवतरण भने प्रभावित हुन सक्ने उहाँको भनाई छ । 


प्रतिक्रिया