साफ अण्डर १८ च्याम्पियनसिपका लागि टोलीको घोषणा 

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | काठमाडौं

नेपालमा आयोजना हुने साफ अण्डर १८ च्याम्पियनसिप फुटबलको लागि २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले अन्तिम टोलीको घोषणा गरेका हुन् ।

टोलीमा बिशाल सुनार, सुर्य अधिकारी, पुजन होना, बिशाल बस्नेत, रन्दिप बस्नेत, पदम भट्टराई र सुजन शर्मा रहेका छन् ।

त्यस्तै नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, एन्जल महर्जन र शिशिर लेखी रहेका छन् । टोलीका अन्य सदस्यहरुमा रोसन राना मगर, आकाश बुढा मगर, जय गुरुङ, मनिष थापा, कुशल फुँयाल, नितिन थापा, ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी रहेका छन् । 

असोज ३ गते देखी हल्चोकमा हुने प्रतियोगितामा नेपाल समुह एमा रहेको छ । नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।  


प्रतिक्रिया