काबेली परियोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु 

भाद्र ३१, २०७६ | पाँचथर

पाँचथर र ताप्लेजुङको सीमा भएर बग्ने काबेली नदीवाट निकालिएको २५ मेगावाट क्षमताको काबेली बी वान जलविद्युत परियोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरिएको छ ।

दुईवर्ष अगावै काम सक्ने गरी अगाडि बढाइएको सो आयोजना केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि आवश्यक पर्ने करिडोर निर्माण भइ नसकेको भन्दै स्थगन गरिएको थियो । साउन तेस्रो साता कावेली करिडोरको परीक्षण सुरु भए पश्चात सो आयोजनाको बाँकी काम सकेर परीक्षण उत्पादन सुरु गरिएको आयोजना व्यवस्थापन पक्षले जनाएको छ ।

परीक्षण उत्पादन सफल भएकाले एक महिना भित्रै नियमित बिजुली उत्पादन गर्ने तयारी भइरहेको निर्माणको जिम्मा लिएको अरुण काबेली पावर लिमिटेडका निर्देशक रमेश न्यौपानेले जानकारी दिनुभयो । ४ अर्ब रुपैयाँ लागत अनुमानमा सुरु आयोजना दुईवर्ष ढिलो हुँदा ५ अर्ब रुपैयाँ पुगेको न्यौपानेले जानकारी दिनुभयो । 


प्रतिक्रिया