विश्वकर्मा पुजा मनाईदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन १, २०७६ | काठमाडौं

- आश्विन सक्रान्तिका दिन मनाईने विश्वकर्मा पूजा, आज मुलुकभर विश्वकर्माको पुजा आजा गरि मनाईदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दु:ख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिन्छ ।

आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । आज फलामबाट बनेका बस्तुहरुको पूजा गरि प्रसाद बाँड्ने प्रचलन छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी सोहि दिन देखी पूजाआजा गर्ने परम्परा छ ।

विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ । तराईका क्षेत्रमा यो पर्वलाई बिशेष महत्वका साथ मनाउने गरिन्छ । 

 


प्रतिक्रिया