नेपाल भ्रमण बर्षलाई लक्ष्यसम्म पुर्याउछौ : मन्त्री योगेश भट्टराई

रेडियो कान्तिपुर संवाददाता

आश्विन २, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 19 September 2019 | 02 Asoj 2076

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सरकारको लक्ष्य अनुरुप नै नेपाल भ्रमण बर्ष सफल हुने बताउनुभएको छ । भ्रमण बर्षका लागि सरकारले महत्वकाक्षी नभई सामान्य लक्ष्य राखेकाले त्यो सहज रुपमा पुरा हुने मन्त्री भट्टराईको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै मन्त्री भट्टराईले एक पटक नेपाल आएका पर्यटक पुन आउने वातावरण निर्माणका लागि मन्त्रालयले तयारी गरिरहेको उल्लेख गर्नुभयो । नेपाल भ्रमण बर्षलाई मध्यनजर गर्दै भौतिक संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको भन्दै उहाँले कुल गाहस्थ उत्पादन जिडिपीमा यसको योगदानलाई १० प्रतिशतमा पुर्याउने दाबी गर्नुभयो । जीडीपीमा हाल पर्यटन क्षेत्रको योगदान मात्र ३ प्रतिशत छ ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया