गोताखोर ल्याएर बेपत्ता भएकाको खोजी सुरु

आश्विन २, २०७६ | संखुवासभा

संखुवासभाको अरुण नदीमा जिप खस्दा बेपत्ता भएका ६ जनाको गोताखोरको टोलीले खोजीकार्य सुरु गरेको छ । सशस्त्रका ४ जना गोताखोर ल्याएर अरुण नदीमा बेपत्ता भएकाको खोजीकार्य सुरु गरिएको हो । मौसम प्रतिकूलताका कारण हेलिकप्टर चार्टर गरेर गोताखोर टोली ल्याइएको हो ।

धमिलो पानी र गहिरो नदी भएकाले हिजो खोजीमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी मीमबहादुर लामाले बताउनुभयो ।

(यो पनि पढ्नुहोस्) :

अक्करे भीरबाट अरुणमा जीप खस्दा ६ जना बेपत्ता 

http://bit.ly/2Qb0NRV

गत मंगलबार राति खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको को १ ज ३७४९ नम्बरको जिप धर्मदेवी ८ मा पर्ने अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–९ का एकै परिवारका ३ जना छन् । संगम श्रेष्ठ उनकी श्रीमती सदिक्षा श्रेष्ठ र दुई महिने छोरा समिर बेपत्ता भएका हुन् ।  त्यस्तै, प्रमेश थापामगर, खबरमान पिठाकोटी र चालक सन्तोष विश्वकर्मा पनि बेपत्ता छन् ।


प्रतिक्रिया