रुकुम पश्चिममा पनि डेंगु फेला पर्यो

रेडियो कान्तिपुर संवाददाता

आश्विन ४, २०७६ | रुकुम पश्चिम

रुकुम पश्चिममा पनि डेंगु रोगको बिरामी फेला परेको छ । जिल्ला अस्पताल सल्लेमा उपचारका लागि आएका एक जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान बादसाह मनिहारलाई डेंगु लागेको प्रमाणित भएको जिल्ला अस्पताल प्रमुख डा.महेश चौलागाईंले बताउनुभयो । मनिहारलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको डा. चौलागाईंले बताउनुभयो । 

 


प्रतिक्रिया