सरकारको कामबाट सन्तुष्ट छैनौँ : अध्यक्ष दाहाल

आश्विन ५, २०७६ | विराटनगर

- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको कामबाट सन्तुष्ट नभएको बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीसंग दाहालले सरकारको काम प्रभावकारी ढंगले अघी वढ्न नसकेको स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारको काम जसरी अघि पढ्नुपर्ने हो त्यसरी बढेको छैन, यसमा हामी नेतृत्व वर्ग चिन्तित भएको छौँ र गति दिनमा लागिपरेका छौँ ।’

मुलुकमा उच्छृङ्खल गतिबिधि देखापर्ने वातावरण बन्नु पछाडीको कारण समिक्षा गरेर सच्याई पार्टीलाई एकताबद्ध गर्ने, विकासको काममा गति दिने र सुशासनको प्रत्याभुत गराउने गरी अघि बढने तयारी गरेको अध्यक्ष दाहालको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा देखा पर्न थालेको अराजक र उच्छृङ्खल गतिबिधिलाई पार्टी र सरकारले गम्भिर रुपमा लिएको छ, यी यस्ता गतिबिधिले देशको सिष्टममै खतरा आइसकेको लाग्दैन तर गम्भिर विषय हो ।’ यो विषयलाई सदनमा भएका पार्टीहरुले समेत गम्भिर रुपमा लिएको अध्यक्ष दाहालको भनाई थियो । 

उहाँले भन्नुभयो, ‘सर्वदलीय बैठक र प्रतिपक्षी दलसँगको बैठकमा पनि उच्छृङ्खल र अराजक गतिबिधिबाट सचेत रहन आग्रह गरिएको छ, यी यस्ता गतिबिधिको प्रतिबाद गर्न राजनीतिक दल र सरकार एकजुट भएका छौँ ।’ दाहालले इण्डो प्यासिफिक रणनीतिमा जाने भनेर कहिल्यै नभनेको समेत दाबी गर्नुभयो । 

 


प्रतिक्रिया