चन्द समूहका भोजपुर जिल्ला सेक्रेटरी पक्राउ

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

- भोजपुरबाट हतियारसहित प्रतिवन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीका ४२ बर्षीय बमबहादुर विष्ट छन् ।

जिल्ला प्रहरी कार्यालयको टोली विष्टलाई भोजपुर नगरपालिका–१० बाट आज दिउँसो नियन्त्रणमा लिएको हो । उनको साथबाट २ थान इटालियन अटोमेटिक पेस्तोल, सोमा लाग्ने ६ राउण्ड गोली र ग्रिनेट १ थान फेला परेको प्रहरी निरिक्षक पाण्डव राजबंशीले बताउनुभयो ।  


प्रतिक्रिया