यातायात क्षेत्र सुधारबारे विस्तृत योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको लगानी बोर्डको ४० औं बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिनु भएको हो ।

सोबारे हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानीकर्ताको प्रस्ताव सहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्न, तथा मन्त्रालय र मातहतका निकायले आपसमा समन्वय गरी काम अघि बढाउन पनि निर्देशन दिनुभएको छ । 

बैठकले बाहिरी चक्रपथ परियोजना, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पयिोजना, पश्चिम सेती तथा एसआर ६ संयुक्त जलविद्युत पयिोजना, तल्लो अरुण जलविद्युत परियोजना सम्बन्धी विभिन्न निर्णय गरेको छ । 


प्रतिक्रिया