वर्तमान सरकारका कारण लोकतन्त्र खतरामा : देउवा 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ । त्यसको प्रतिकारका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई उहाँको निर्देशन थियो ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा सभापति देउवाले नेकपा नेतृत्वकै सरकारका कारण भ्रष्टचार र महंगी बढेको आरोप लगाउनु्भयो । उहाँले सरकारले बहुमतका आधारमा देशका महत्वपुर्ण निकायलाई आफ्नो अधिनमा राख्न खोजेको आरोप लगाउनुभयो । 

महामन्त्री सशांक कोइरालाले पछिल्लो समय पार्टी भित्रै काँग्रेसलाई कमजोर बनाउने खेल सुरु भएको दाबी गर्नुभयो । पार्टी नेताहरुमा बढ्दो मनमुटावलाई छलफलबाट समाधान गर्न सकिने भन्दै पार्टीभित्रकै गलत प्रचारले काँग्रेस कमजोर देखिएको बताउनुभयो । 

पार्टी भित्र आन्तरिक बहस आवश्यक रहेको बताउँदै नेता बालकृष्ण खाँणले सभापतिलाई कमजोर बनाउने खेल भइरहेको दावी गर्नुभयो । पछिल्लो समय कााग्रेस आफ्नै कारणले पछाडी पर्दै गएको भन्र्दै नेताहरुमा बढ्दो पदीय मोहका कारण आन्तरिक कुरा खुलामञ्चमा बोलेर नेतृत्वलाई कमजोर बनाउने चलखेल सुरु भएको बताउनुभयो । 

 


प्रतिक्रिया