रकम फिर्ता नगरे गृहले मेडिकल कलेजहरुलाई कारवाही गर्ने 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ६, २०७६ | काठमाडौं

- मेडिकल कलेजहरुले मापदण्ड भन्दा बढी लिएको शुल्क एक महिना भित्र फिर्ता नदिए कारवाही गर्ने चेतावनी सरकारले दिएको छ ।

गृहमन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलसहित दुई मन्त्रालय सम्वन्द्ध पदाधिकारी बैठकले एक महिना भित्र रकम फिर्ता गर्न मेडिकल कलेजहरुलाई सार्वजनिक आह्वान गर्ने निर्णय गरेको हो ।

चितवन, गण्डकी लगायतका मेडिकल कलेजका विद्यार्थीहरु रकम फिर्ताको माग गर्दै आन्दोलित बनेपछि सरकारले कलेजहरुलाई सो निर्देशन दिएको हो । फिर्ता गरेको रकम बारे कलेजहरुले स्थानीय प्रशासनलाई जानकारी गराउनु पर्नेछ ।

सार्वजनिक आह्वानपछि पनि कलेजहरुले रकम फिर्ता गर्न आलटाल गरे ठगी मुद्दा चलाउने चेतावनी गृहमन्त्रालयले दिएको छ ।  

 


प्रतिक्रिया