नेकपा कार्यकर्ताद्वारा कांग्रेस नेता डा.रिजालमाथि आक्रमण प्रयास

आश्विन १२, २०७६ | काठमाडौं

- नेकपाका कार्यकर्ताले नेपाली कांग्रेसका नेता एवं सांसद डा. मिनेन्द्र रिजालमाथि आज तनहुँको ऋषिङ्गको अ‍ैरीचौतारीमा आक्रमण प्रयास गरेका छन । ऋषिङ्ग गाउँपालिकाको भवन शिलन्याश गर्ने कार्यक्रममा सहभागी हुन जाँर्दै गर्दा नेकपा कार्यकर्ताले नेता रिजालमाथि आक्रमण प्रयास गरेका हुन् ।

सवारी साधन आउजाउमा रोक लगाए पछि पैदलमा कार्यक्रमस्थल जादै गरेका डा. रिजाललाई नेकपा कार्यकर्ताले ढूङ्गामुढा सहित सिसाको बोटल प्रहार गरेको नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले बताउनुभयो । नेता रिजाल भने सशुकल हुनुहुन्छ ।

आफुमाथि मात्र आक्रमण नभई कांग्रेस र लोकतन्त्र माथि नै आक्रमण भएको नेता रिजालले प्रतिक्रिया दिनुभयो । दुई तिहाई प्राप्त केपी ओलीको सरकारबाट नै संविधान र लोकतन्त्र खतरामा परेको बताउदै उहाँले नेकपाका कार्यकर्ता पुरानै माओवादीको शैलीमा प्रस्तुत हुनु संविधान विपरित रहेको उल्लेख गर्नुभयो । 

नेकपा कार्यकर्ताले मुख्य सडकमा ठाउँ ठाउँमा रुख ढालेर सडक अबरुद्ध गरेका थिए भने नेता रिजालाई करीब ४ घण्टा सडकमै रोकेर राखेका थिए । यद्यपि नेकपा ऋषिङ्गका अध्यक्ष गन्जसिं गुरुङ्गले नेता रिजालमाथि नेकपाका कार्यकर्ताले आक्रमण नगरेको दाबी गर्नुभयो । 

यता, कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर घटनाको भत्र्सना गर्दै फरक बिचार र सिद्धान्त स्वीकार गर्न नसक्ने नेकपा कार्यकर्ताको अधिनायकवादी चरित्र आपत्तिजनक रहेको बताएको छ । सत्ताको दुरुपयोग गर्दै नेकपा कार्यकर्ताले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै गएको र पछिल्ला घटनामा प्रहरी प्रशासन पनि मुकदर्शक बनेको भन्दै कांग्रेले सजग रहन सवैलाई अपिल गरेको छ ।

कांग्रेसले विज्ञप्तिमा भनेको छ, 'लोकतान्त्रिक आन्दोलनको मियो नेपाली कांग्रेसलाई नजिस्क्याउन र आफूलाई जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन नेपाली कांग्रेस नेकपालाई चेतावनी दिन चाहन्छ ।'


प्रतिक्रिया