अमेरिकासंग तत्काल वार्ता नगर्ने उत्तर कोरियाको संकेत

आश्विन १९, २०७६ | काठमाडौं

- उत्तर कोरियाले अमेरिकासंग तत्काल आणविक निशस्त्रीकरणसम्बन्धी वार्ता नगर्ने संकेत गरेको छ । दुई मुलुकका प्रतिनिधिबीच स्वीडेनमा हुने भनिएको वार्ता स्थगित भएपछि उत्तर कोरियाले यस्तो संकेत गरेको हो ।

वार्ता स्थगित भएसंगै स्वीडेनले २ साताभित्र वार्ता गर्न पुन: निमन्त्रणा दिएको थियो । तर उत्तरले भने आणविक हतियारसम्बन्धी वार्ताका लागि अमेरिकाले २ सातामा बैकल्पिक योजना ल्याउने कुनै आधार नभएको जनाएको छ ।

वासिङ्गटनले व्यवहारिक योजना नल्याएसम्म वार्ताको औचित्य नभएको उत्तर कोरियाको विदेशमन्त्रालयले जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले भने २ सातामा अर्को वार्ता गर्ने प्रस्ताव स्वीकार गरेको रोयटर्सले उल्लेख गरेको छ । 

 


प्रतिक्रिया