यो वर्षको नोबेल पुरस्कार चिकित्साशास्त्रतर्फका ३ वैज्ञानिकलाई 

रेडियो कान्तिपुर संवाददाता

आश्विन २०, २०७६ | बीबीसी

शरीरको कोषिका र अक्सिजन अनुकुलताबारे अध्ययन गरेका ३ वैज्ञानिकलाई यो वर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । बेलायतका सर पिटर र्‍याट क्लिफ र अमेरिकी बैज्ञानिकहरु विलियम केलीन र ग्रेग सेमेन्जालाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

कोषको भाव र अक्सिजन अनुकुलताबारेको उनीहरुको अध्ययनलाई सो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ । सो अध्ययनले हाम्रो दैनिक जनजीवनमा प्रभाव पार्ने जनाइएको छ । रक्तअल्पता र क्यान्सरको उपचारमा सो अध्ययनले ठूलो भूमिका खेल्ने स्वीडीस एकेडेमीले उल्लेख गरेको छ ।

एकेडेमीले भनेको छ, अक्सिजनको आधारभूत महत्वबारे शदियौं अघिदेखि जानकार रहेपनि कोषहरुले अक्सिनको फरक मात्रा कसरी अनुकुल हुनसक्छ भन्नेबारे भने विश्व अनभिज्ञ थियो । 

श्वासप्रश्वासका लागि आवश्यक अक्सिजनले खानेकुरालाई ऊर्जामा परिणत गर्न मद्धत गर्छ । तर शारीरीक व्यायाम गर्दा, चोटपटक लाग्दा रक्तसञ्चार रोकिदा तथा उच्च भेगमा जादा शरीरले लिने अक्सिनको मात्रा फरक हुने गर्छ ।

अक्सिजन महशुश गर्ने क्षमताले रेड व्लड सेल उत्पादन र नयाँ रक्त वाहिनी निर्माणमा प्रभाव पार्ने अध्ययनले देखाएको छ । यसले रोग प्रतिरोधात्मक क्षमता र गर्भमा रहेको शिशुको विकासमा समेत भूमिका खेल्ने अध्ययनको निश्कर्ष छ । 

बेलायती बैज्ञानिक ऱ्याट क्लिफ अक्सफोर्ड विश्वविद्यालय र फ्रान्सिस क्रिक इन्स्टिच्यूटसँग आवद्ध हुनुहुन्छ भने अमेरिकी केलिन, हावार्ड र सेमेन्जा, जोन्स हप्किन्स विश्वविद्यालयमा कार्यरत रहेको बीबीसीले उल्लेख गरेको छ । 


प्रतिक्रिया