चीनका २८ संस्था अमेरिकाको कालोसूचिमा

रेडियो कान्तिपुर संवाददाता

आश्विन २१, २०७६ | एजेन्सी

– जिङजियाङ प्रान्तका उईगुर आदीवासी समुदायमाथि दुव्र्यवहार गरेको आरोपमा चीनका २८ संस्थालाई अमेरिकाले कालोसूचिमा राखेको छ । कालोसूचिमा परेका २८ संस्थाहरुले वासिङटनको अनुमतिविना अमेरिकी बस्तुहरु खरिद गर्न नपाउने बीबीसीले उल्लेख गरेको छ । सीसीटीभि लगायतका उपकरणहरु समेत ती संस्थाले खरिद गर्न पाउनेछैनन् । २८ कम्पनीलाई कालोसूचिमा राख्ने अमेरिकी निर्णय सम्वन्धमा चीनले भने कुनै प्रतिकृया दिएको छैन ।

कालोसूचिमा परेका कम्पनीले जिङजियाङ प्रान्तका उईगुर आदीवासी समुदायमाथि मानवअधिकार उल्लंघन गरेको अमेरिकी बाणिज्य विभागको ठहर छ । मानवअधिकारबादी संस्थाहरुले समेत उईगुर समुदायका मानिसलाई नजरबन्दमा राखेर चीनले सताईरहेको आरोप लगाएका छन् । चीनले भने उनिहरुलाई शिविरमा राखेर मौखिक प्रशिक्षण दिएको बताएको छ । 

 


प्रतिक्रिया