पशुसेवा विभागलाई १ अर्ब ८३ करोड बजेट

आश्विन २१, २०७६ | काठमाडौं

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष पशु सेवा विभाग अन्तर्गतका विभिन्न आयोजना र कार्यक्रम सञ्चालनका लागि १ अर्ब रुपैयाँ भन्दा बढी बजेट विनियोजन गरेको छ । मन्त्रालयले विभाग अन्तर्गतका विभिन्न आयोजना र कार्यक्रम सञ्चालनका लागि एक अर्ब ८३ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको हो ।

चालू आर्थिक वर्षको कार्यक्रम सार्वजनिक गर्दै विभागले पशु स्वाथ्थ्य रोग अन्वेषण तथा क्वारेन्टाइन कार्यक्रमका लागि ५३ करोड २५ लाख रुपैयाँ छुट्याएको जनाएको छ ।

सबै भन्दा बढी पशु सेवा विभागका लागि ५५ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।

यस्तै, पशुपन्छी स्रोत व्यवस्था तथा प्रर्वद्धन कार्यक्रमका लागि ५२ करोड ८९ लाख, मत्स्य विकास कार्यक्रमका लागि १२ करोड ९९ लाख र पशु आहारा तथा लाइर्भ स्टक गुण व्यवस्थापन कार्यक्रमका लागि ४ करोड २२ लाख रुपैया छुट्याएको विभागले जनाएको छ ।  


प्रतिक्रिया