भारतको कुल जनसंख्या मध्ये १५ करोडमा मानसिक समस्या 

रेडियो कान्तिपुर संवाददाता

आश्विन २१, २०७६ | बीबीसी

भारतको कुल जनसंख्या मध्ये १५ करोडमा कुनै न कुनै मानसिक समस्या रहेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

नेशनल इंस्टिट्यूट अफ मेन्टल हेल्थ एण्ड न्यूरो साइन्सले सन् २०१६ मा १२ वटा राज्यमा गरेको सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्दै कुल जनसंख्याको २ दशलमव ७ प्रतिशत डिप्रेशनको शिकार भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि ५ करोड भन्दा बढी मानिसमा डिप्रेशन भएको उल्लेख गरेको छ । नेशनल इन्स्टीट्यूट साइन्स मेडिकल जर्नल लैनसेटको प्रतिवेदन अनुसार यस्ता समस्या भएका १० जना मध्ये एकजनाले मात्र डाक्टरी उपचार पाउने गरेका छन् ।

भारतमा मात्र विश्वको एक तिहाई मानसिक रोगी रहेको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ । 

 


प्रतिक्रिया