महाअभियोग छानबिनमा ह्वाइट हाउसले सहयोग नगर्ने

रेडियो कान्तिपुर संवाददाता

आश्विन २२, २०७६ | काठमाडौं

- अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानमा ह्वाइट हाउसले सहयोग नगर्ने भएको छ । सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका   सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउन युक्रेनी समकक्षीलाई  दवाव दिएको आरोपपछि ट्रम्पलाई महाअभियोग लगाउनेबारे छलफल भईरहेको छ ।  

तर ह्वाइट हाउसले भने सो छानबिनलाई ट्रम्प विरुद्धको आरोपलाई दलिय पुर्वाग्रह सहित आएको असंवैधानिक र आधारहिन बताउँदै आएको छ । राष्ट्रपति ट्रम्पमाथि छानबिन गरिरहेका डेमोक्याट्रिक सांसहरुलाई एक सन्देश लेख्दै ह्वाइट हाउसका प्रवक्ताले छानबिन पक्षपातपूर्ण र प्रक्रिया बिनै गरिएकोले त्यसमा सहयोग नगर्ने बताउनुभएको हो । 

डेमोक्रेट सांसदहरुले राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षीबीच भएको टेलिफोन वार्ता सम्वन्धी कागजपत्रको माग गर्दै आएपनि उपलब्ध नगराएपछि यो विषय पेचिलो बन्दै गएको हो । ट्रम्पले शक्तिको दुरुपयोग गरेर सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा विदेशी  हस्तक्षेप निम्त्याएको भन्दै गुप्तचर विभागसँग सम्बद्ध एक गोप्य सूचनादाताले उजुरी गरेपछि ट्रम्पलाई महाअभियोग लगाउनेबारे छलफल भईरहेको छ ।  अमेरिकामा निर्वाचन जित्न विदेशी निकायको सहयोग खोज्नु गैरकानुनी मानिन्छ । 

 


प्रतिक्रिया