पहिलो दिनको कारोबार ६ करोडमा सीमित

आश्विन २३, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज ६ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । दशैं पछि बजार खुलेको पहिलो दिनमै कारोबारमा ठूलो अन्तरले गिरावट आएको हो । बजार परिसूचक नेप्से घटेसँगै कारोबार रकम पनि ६ करोड ३८ लाख रुपैयाँमा सीमित भएको हो ।

नेप्से आज शुन्य दशमलव ३९ अंकले घटेर १ हजार १ सय ४९ दशमलव दशमलव १ बिन्दुमा पुगेको छ । नेप्सेमा आज कारोबार भएका मध्ये होटल, उत्पादनमूलक, नेपाल टेलिकम, लघुवित्त र जीवन बीमा कम्पनी समूह बाहेक बाँकी कम्पनी समूहको उपसूचक उकालो लागेको छ ।

दशैं लगतै बजार खुलेकाले लगानीकर्ताहरुले सेयरमा लगानी नगरेका कारण कारोबारमा गिरावट आएको जानकारहरु बताउँछन् । 

नेप्सेमा आज कुल १ सय २१ कम्पनीका १ हजार १ सय ५२ कारोबारबाट २ लाख ३२ हजार ६ सय १९ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज प्रभु बैंक लिमिटेडको सबै भन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया