ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि ओमानलाई 

रेडियो कान्तिपुर संवाददाता

आश्विन २३, २०७६ | काठमाडौं

आयोजक ओमानले ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । लिग चरणको अन्तिम खेलमा आज नेपाललाई ६ विकेटले पराजित गर्दै ओमानले उपाधि घरमै राखेको हो । ओमानले ४ खेलमा सतप्रतिशत नतिजा निकाल्यो ।

आयरल्याण्ड ६ अंकमा दोस्रो र नेपाल ४ अंकमा तेस्रो स्थानमा रहे । हङकङ्ले खाता नै खोल्न सकेन भने नेदरल्यणडस् २ अंकमा चौथो स्थानमा रह्यो ।  सुरुवाती २ खेलमा जित निकालेको नेपाल पछिल्ला दुई खेलमा भने पराजित हुन पुग्यो । 

नेपालले दिएको ६५ रनको सामान्य लक्ष्य ओमानले ४ विकेट गुमाएर ११ ओभर ४ बलमा भेट्टायो । उसको जितमा सुरज कुमारले नटआउट ४२ रनबनाए । अन्यले दोहोरो अंक छुन सकेनन् । करण केसीले २ तथा सन्दिप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए । 

यसअघि टस जितेर पहिला ओमानले बलिङ रोजेपछि व्याटिङ गरेको नेपाल ११ औं ओभरमा मात्र ६४ रनमा अmलआउट भएको थियो । आरिफ शेखले २० र दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए भने अन्यले दोहोरो अंक छुन सकेनन् । अमिर कलिमले ५ र बिलाल खानले २ विकेट लिए । 

यसैबीच, नेपालका करण केसी सिरिजको सवैभन्दा बढी विकेट लिने खेलाडि बनेका छन् । आज २ विकेट लिएका उनी ओमान सिरिजमा ११ विकेट लिदै सवैभन्दा बढी विकेट लिने खेलाडि बनेका हुन् । आयरल्याण्डबिरुद्ध १ तथा नेदरल्याण्ड्स र हङकङबिरुद्ध उनले समान ४ विकेट लिएका थिए ।  

 


प्रतिक्रिया