अमेरिका र चीनबीचको व्यापार युद्व अन्त्यको पहल

रेडियो कान्तिपुर संवाददाता

आश्विन २३, २०७६ | रोयटर्स

अमेरिका र चीनबीच जारी व्यापार युद्व अन्त्यको पहलस्वरुप आज पुन: उच्चस्तरीय वार्ता हुने भएको छ । यसअघि गत जुलाईमा पटकपटक भएको वार्ता निश्कर्षविहीन बनेपछि आज पुन: छलफल हुन लागेको हो ।

चीनका उपप्रधानमन्त्री लिुई हि र अमेरिकाका व्यापार प्रतिनिधि रोबर्ट लाईटाईचर र वित्त सचिव स्टेभेन नुचिनसहितको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो ।

तर अल्पसंख्यक मुस्लिमममाथि हिंसा गरेको भन्दै सार्वजनिक सुरक्षा व्यूरो, प्रविधि र निगरानीसम्बन्धी कम्पनी लगायत गरी चीनका २८ वटा कम्पनीलाई गत सोमबार मात्र अमेरिकाले कालोसूचीमा राखेका कारण वार्ता सकरात्मक हुनेमा आशंका रहेको रोयटर्सले उल्लेख गरेको छ ।

सोही मुद्दालाई लिएर अमरिकी विदेश मन्त्रालयले केही चिनियाँ अधिकारीहरुमाथि भिजामा कडाई समेत गरेको छ । दुई मुलुकबीचको वार्ता पुन: असफल भए आगामी डिसेम्बर १५ बाट थप ५ खर्ब डलर बराबरका चिनियाँ सामाग्रीमा करवृद्धि गर्ने तयारी अमेरिकाले गरेको छ । 


प्रतिक्रिया