टी–२० वरियतामा सन्दिप, करण र अविनाशको ईन्ट्री

रेडियो कान्तिपुर संवाददाता

आश्विन २४, २०७६ | काठमाडौं

- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसीको टी–२० को बलिङतर्फको वरियतामा तीन नेपाली बलरले ईन्ट्री गरेका छन् । हिजो सार्बजनिक गरिएको वरियतामा सन्दिप लामिछाने, करण केसी र अविनाश बोहोराले वरियतामा प्रवेश पाएका हुन् । यसअघि सोमपाल कामी र बसन्त रेग्मी मात्र बलिङतर्फको वरियतामा रहेका थिए । 

- आईसीसीको पछिल्लो बरियतामा सन्दिप सबैभन्दा माथि रहेका छन् । उनी सुरुवातमै ६४ औँ स्थानमा छन् । सोमपाल कामी ६८, करण केसी ८३ र बसन्त रेग्मी ९० औँ स्थानमा रहेका छन् । अविनाश १ सया वरियतामा छन् । अलराउण्डरतर्फ पारस खड्का २४ औँ स्थानमा यथावत रहदा, सोमपाल कामी ६१ औँ स्थानमा झरेका छन् । अलराउण्डरतर्फ पहिलो पटक स्थान बनाएका करण केसी ७८ औँ स्थानमा छन् ।  

ब्याटिङतर्फ पारसको बरियतामा सुधार आएको छ । उनी नयाँ वरियतामा ४५ औँ स्थानमा उक्लिएका छन् । यसैबीच टी–२० वरियतामा नेपालको स्थान खस्केको छ । अघिल्लो बरियतामा ११ औँ स्थानमा रहेको नेपाल २ स्थान खस्कदै १३ औँ स्थानमा पुगेको हो । २१ खेलबाट १ सय ९० रेटिङ अंकसहित नेपाल १३ औँ स्थानमा पुगेको हो ।  


प्रतिक्रिया