अष्ट्रेलियामा डढेलोको समस्या

आश्विन २५, २०७६ | अष्ट्रेलिया

गर्मी मौसमसँगै बढेको डढेलोका कारण अष्ट्रेलियामा अहिलेसम्म २ जनाले ज्यान गुमाएका छन् । ५० बढी घर जलेर नष्ट भएको छ । अहिले अष्ट्रेलियाको न्यु साउथ वेल्स र क्युन्सल्याण्ड डढेलोले समस्या सिर्जना गरिरहेको छ ।

करीब एक सातादेखि फैलिएको डढेलोका कारण न्यु साउथ वेल्सको उत्तरी भेगमा एक वृद्ध जोडीले ज्यान गुमाएका छन् । आगलागीमा परी ७७ वर्षीय पुरुष र ६८ वर्षीया एक महिलाको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

न्यु साउथ वेल्सको उत्तरी क्षेत्रमा मौसम शुरुवातदेखि नै सुरु भएको डढेलोका कारण अहिलेसम्म करीब एक सय बढी घर जलेर नष्ट भइसकेका छन् । लाखौं मूल्य बराबरको सम्पति जलेर नष्ट भइसकेको छ । क्युन्सल्याण्डको समेत लोक्ली भ्याली लगायतका केही क्षेत्रहरुमा आगलागीका कारण घरहरु जलेर नष्ट भएका छन् ।  स्थानीयबासीहरु प्रभावित बनेका छन् । 

आगलागी प्रभावित क्षेत्रमा रहेका दर्जनौं स्थानीय अहिलेपनि आफ्नो घरमा सुरक्षित किसिमले फर्कने वातावरण नभएको अधिकारीहरुले जनाएका छन् । गर्मी मौसमको शुरुवातसँगै तापक्रम बढेका कारण डढेलोको प्रकोप बढेको त्यहाँस्थित दुर्गम आगलागी नियन्त्रण कार्यलयका अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलियाले हरेक वर्ष डढेलोका कारण करोडौं डलर बराबरको आर्थिक क्षति ब्योहोर्दै आएको छ । यसैका कारण दर्जनौ स्थानीयासीहरु घरवारबिहीन हुँदै आएका छन् । एक साताअघि न्यु साउथ वेल्समा फैलिएको डढेलो केही ब्यक्तिहरुले जानीजानी लगाएको प्रहरीले आशंका गरेको छ ।

न्यु साउथ वेल्सका आपतकालीन सेवामन्त्री डेभिड इलिएटले अर्काको जीवनलाई जोखिममा पार्ने जोकोही भएपनि उसले कानूनले कडा कारवाही गर्ने बताएका छन् । डढेलोका कारण लागेको आगलागीले रेलमार्गका साथै अन्य अत्यावश्यक सेवाहरुलाई समेत असर पुर्‍याएको छ । यसैगरी, आगलागीका कारण असुरक्षित स्थानीलाई सुरक्षित राख्नका लागि सरकारले आपतकालीन अस्थायी सेल्टरको समेत ब्यवस्था गरेको छ । 


प्रतिक्रिया