जापानमा 'हगिबिस'को बितण्डा 

आश्विन २६, २०७६

- जापानमा आएको शक्तिशाली आँधीले राजधानी टोकियोसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । हगिबिस नामक सो आँधी ६० वर्षकै यताकै शक्तिशाली भएको  जापानको जलवायु संस्थाले जनाएको छ ।  १ सय ८० किलोमिटर प्रतिघण्टामा रहेको आँधीले टोकियोको पुर्वी क्षेत्रमा क्षति पुर्‍याएको छ ।

आँधीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ । करीब २७ हजार घरमा विद्युत आपूर्ती बन्द ठप्प बनेको छ  भने कयौं उडानहरु रद्द भएका छन् । जापानको जलवायु संथाका अधिकारी यासुरी काजिवाराले आइतबारसम्मै भीषण वर्षा हुने बताउनुभयो ।

जापानका कतिपय गाउँमा आपतकालको घोषणा गरिएको छ ।  जापनी अधिकारीहरुले सम्भावित जोखिमका क्षेत्रमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । उद्धारमा खटिएका अधिकारीले बढी जोखिमयुक्त क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सारिरहेका बीबीसीले उल्लेख गरेको छ ।  


प्रतिक्रिया