साफ अण्डर १५ वुमन च्याम्पियनसीपमा नेपालले आज भुटानसँग खेल्दै 

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७६

- भुटानमा जारी साफ अण्डर १५ वुमन च्याम्पियनसीप फुटबलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सुरुवाती दुबै खेल गुमाएका दुबै टोली समुहचरणको अन्तिम खेलमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा नेपाली समयानुसार साँझ पौने ६ बजे नेपाल र भुटानबीचको प्रतिस्पर्धा सुरु हुनेछ । आजको खेलमा दुबै टोली सान्त्वना जितसँगै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।

 

यसअघिका खेलमा भारतले नेपाललाई ४–१ ले तथा भुटानलाई १०–१ ले हराएको थियो । त्यस्तै बंगलादेशले नेपाललाई २–१ ले तथा भुटानलाई २–० ले पराजित गरेको थियो । आजै भारत र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ । उपाधिका भिडन्त अघि नै समुह चरणको खेलमा यी दुई राष्ट्रबीच प्रतिस्पर्धा हुन लागेको हो ।  

 


प्रतिक्रिया