पहिलो खेलमा रुपन्देही पल्टन्स विजयी

रेडियो कान्तिपुर संवाददाता

आश्विन २७, २०७६ | रुपन्देही

तिलोत्तमा प्रिमियर लिग अन्तर्गत आफ्नो पहिलो खेलमा रुपन्देही पल्टन्स विजयी भएको छ । रुपन्देहीमा जारी प्रतियोगितामा लुम्बिनी शाक्यनलाई ५६ रनले पराजित गर्दै उसले जित हात पारेको हो ।

टस जितेर ब्याटिङ रोजेको रुपन्देही पल्टन्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९६ रन बनायो । रुपन्देही पल्टन्सका लागि विराट भण्डारीले ६२ बलमा ८ चौका र ४ छक्काको पारी खेल्दै ६४ रन बनाए । त्यस्तै राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४९ रन जोडे । उनले ६ छक्का र ४ चौका प्रहार गरे । 

१ सय ९७ रनको लक्ष्य पाएको लुम्बिनी शाक्यने १८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि मुख्य स्ट्राइकर शरद भेषावाकरले ३२ बलमा ६० रनको योगदान गरे । उनले  ५ छक्का र ४ चौका प्रहार गरे ।

उनले बाहेक अन्य खेलाडीले दोहोरो अंक बटुल्न नसक्दा हार व्यहोर्न बाध्य भयो । प्रतियोगितामा रुपन्देही पल्टन्सका बिराट भण्डारी म्यान अफ दी म्याच घोषित भए । पल्टन्सकै दिपेन्द्रसिंह ऐरी मष्ट भ्यालुएबल प्लेयर घोषित भए । 

प्रतियोगिताको दोस्रो खेलमा अहिले मणिग्राम किंङ्स र रोयल शंकरनगरबीचको खेल जारी छ । टस जितेर मणिग्राम किङसले अहिले ब्याटिङ गरिहेको छ । किङसबाट राष्ट्रिय खेलाडी कृष्ण कार्की र अमरसिंह राउटेला साथै रोयल शंकरनगरबाट रोहित कुमार पौडेल र आरिफ शेख खेलिरहेका छन् ।


प्रतिक्रिया