चालू आवको दुई महिनामा निर्यात झण्डै २६ प्रतिशतले बढ्यो

आश्विन २७, २०७६ | काठमाडौं

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा केही घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ११ अर्ब १८ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

यो गत वर्षको तुलनामा ३ दशमलव ५ प्रतिशतले कम हो । गत आर्थिक वर्ष सोही अवधिमा व्यापार घाटा २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख ९२ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय भारत, चीन लगायत तेस्रो मुलुकबाट हुने आयात घटेकाले व्यापार घाटा केही कम भएको विभागले तथ्याङकले देखाएको छ ।

यो बर्ष आयात १ दशमलव २२ प्रतिशतले घटेको छ । साउन र भदौंमा २ अर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो वर्ष आयात गत आर्थिक वर्षको पहिलो दुई महिनामा छिमेकी मुलुक भारत, चीन लगायत तेस्रो मुलुकबाट २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख १२ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु आयात भएको विभागको तथ्याङ्क छ ।

आयातमा कमी आएसँगै नेपालबाट हुने निर्यातमा पनि झण्डै २६ प्रतिशतले सुधार देखिएको छ । समिक्षा अवधीमा १८ अर्ब ५० करोड १८ लाख ५४ हजार रुपैयाँ बराबरको वस्तु विदेश निर्यात भएको छ । 

यो गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव ८७ प्रतिशतले बढी हो । भन्सार विभागका तथ्याङ्क अनुसार, गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट १४ अर्ब ६९ करोड ९० लाख २० हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । 

नेपालको व्यापार घाटा सबै भन्दा बढी छिमेकी मुलुक भारतसँग रहेको छ । खाद्यन्न, इन्धन, लगायत दैनिक उपभोग्य वस्तुका लागि भारतसँग निर्भर रहेकाले उसँग नेपालको व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ ।

यो अवधीमा भारतसँग नेपालको व्यापार घाटा १ खर्ब ३१ अर्ब ८० करोड ४२ लाख ४ हजार रुपैयाँ पुगेको छ । यस्तै, चीनसँग नेपालको व्यापार घाटा ४० अर्ब २७ करोड ३३ लाख ४० हजार रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । 


प्रतिक्रिया