सांसद आलममाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | रौतहट

नेपाली कांग्रेसका सांसद आफताब आलममाथि छानबिनका लागि जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । रौतहटको राजपुर बम बिस्फोट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका आलमलाई आज जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको हो ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले सांसद आलमलाई ७ दिनको म्याद थपको आदेश सुनाएका हुन् । सांसद आलमले १२ वर्ष पछि बिना प्रमाण आफूलाई पक्राउ गरेको न्यायधीश सामू बताएका थिए ।  

उनलाई अदालत ल्याउने क्रममा गौरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । आलमलाई गत आइतबार प्रहरीले गौरबाट पक्राउ गरेको थियो । संविधान सभा निर्वाचनको क्रममा २०६४ चैत २७ गते राति राजपुर नगरपालिकामा भएको बम बिस्फोटमा घाइते भएका २२ जनालाई ज्यूँदै जलाएको आरोप आलममाथि छ । 


प्रतिक्रिया