क्रिकेटर पारस खड्काले कप्तानी छाडे 

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन् । ३ वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ क्यानको निलम्बन फुकुवा भएको भोलिपल्टै पारसले कप्तनबाट बिदा लिने घोषणा गरेका हुन् । 

आज एक विज्ञप्ति जारी गरी पारसले युवा पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि कप्तानी त्यागको घोषणा गरेको जनाएका छन् । 

 


प्रतिक्रिया