नेप्से ५ अंकले बढ्यो

आश्विन २८, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य अंकले सुधार देखिएको छ । कारोबार भएको पहिलो दिन दोहोरो अंकले गिरावट आएको बजार परिसूचक नेप्सेमा आज भने केही सुधार देखिएको हो । नेप्से आज ५ दशमलव ८ अंकले बढेर १ हजार १ सय ४२ दशमलव ४ बिन्दुमा पुगेको छ ।

कारोबार भएका सबै कम्पनी समूहको उपसूचक आज उकालो लागेकाले नेप्सेमा सुधार देखिएको हो । बजार परिसूचक नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा १ करोड रुपैयाँले वृद्धि भएको छ । नेप्से हिजो १२ अंकले घटेपनि २१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

आज सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३१ दशमलव १५ अंकले बढेको छ ।
नेप्सेमा आज कुल १ सय ५१ कम्पनीका २ हजार ८ सय १० कारोबारबाट ७ लाख ६५ हजार ८ सय ९७ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २२ करोड २४ लाख ५२ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज सिद्धार्थ बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया