नेपाल प्रहरीको दरबन्दी थप

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | काठमाडौं

सरकारले नेपाल प्रहरीको दरबन्दी थप गरेको छ । १ सय २९ प्राविधिकसहित ३ हजार ५ सय ९६ नयाँ दरबन्दी थप गरिएको गृहमन्त्रालयले जनाएको छ । प्राविधिकसहित प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा ३ जनाको दरबन्दी थप गरिएको छ ।

यस्तै प्रहरी उपरीक्षक एसपी ४ जना, प्रहरी नायब उपरीक्षक डीएसपी २१ जना,  प्रहरी निरीक्षक इन्स्पेक्टर ४७ जना, प्रहरी नायब निरीक्षक सई ८६ जना, प्रहरी सहायक निरीक्षक असई २ सय ९७ जना, प्रहरी हवल्दार ६ सय ८३ जना, प्रहरी जवान २ हजार २ सय १६ जना, प्रहरी कार्यालय सहायक २ सय ३९ जना थप गरिएको हो ।

मन्त्रिपरिषद्बाट दरबन्दी थपको प्रस्ताव पारित भएसंगै गृहले कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ ।  

 


प्रतिक्रिया