सहकर्मीमाथि यौन दुर्व्यबहार गरेको अभियोगमा सई पक्राउ

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | काठमाडौं

- बाँकेको नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा महिला प्रहरी जवानमाथि यौन दुर्व्यबहार भएको छ । प्रहरी नायब निरिक्षक सई बमबहादुर रानाले तालिममा सहभागि जनावमाथि यौन दुर्व्यबहार गरेका हुन् ।

तालिम केन्द्रका प्रमुख एसएसपी मसाउँद आलम खाँले घटनाको पुष्टी गदै अनुसन्धान भईरहेको बताउनुभयो । घटना गत आईतबारको भएपनि आज मात्रै बाहिर आएको हो ।

बाँकेका एसपी बीरबहादुर ओलीले राना दोषी पाईए कारबाही गरिने बताउनुभयो । पीडितको उजुरीपछि रानालाई जिम्मेवारीबाट हटाईएको एसएसपी खाँले बताउनुभयो । रानालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 


प्रतिक्रिया