एनआरएनएको नयाँ नेतृत्व चयन आज, ४२ पदका लागि मतदान  

रेडियो कान्तिपुर संवाददाता

आश्विन २९, २०७६ | काठमाडौं

- गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आज आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ । ४२ पदका लागि आज हुने निर्वाचनका लागि मनोनयन सुरु भइसकेको निर्वाचन कमिटिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

मनोनयनका लागि १२ बजेसम्मको समय छुट्याइएको छ । पाण्डेका अनुसार विभिन्न देशबाट २५ सय प्रतिनिधीको सहभागिता रहेको छ । विद्युतीय मेशिनबाट हुने मतदानको नतिजा आजै सार्वजनिक हुनेछ ।  मतदान सकिएको एक घण्टामै नतिजा सार्वजनिक हुने पाण्डेको दावी छ ।उहाँले भन्नुभयो,  मतदानका लागि कति समय लाग्छ त्यो एकिन त छैन तर मतदान सकिएको एक घण्टामै हामी नतिजा सार्वजनिक गछौँ ।  निर्वाचन साँझ ५ बजेबाट सुरु हुनेछ ।

 

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । दुई/दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी पन्तको प्यानलमा ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) , हिक्मत थापा (अफ्रिका) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

 तर खुल्लातर्फ उपाध्यक्षमा ४ पद रहेकाले कसलाई अघि लैजानेबारे पन्त समूहमा अझै पनि छलफल चलिरहेको छ ।  महिला उपाध्यक्षमा पन्त समूहबाट रसिया निवासी सपिलाराज भण्डारीले उम्मेदवारी दिने दिनुहुने भएको छ ।यस्तै महासचिवमा डा. हेमराज शर्मा  चुनावी मैदानमा छन् भने कोषध्यक्षमा महेश श्रेष्ठ उठेका छन् ।   

कुल आचार्यको प्यानलमा उपाध्यक्षका लागि मन केसी, महासचिवका लागि केशव पौडेल लगायत छन् । लण्डन निवासी व्यवसायी कुल आचार्य प्यानलमा  ५ उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्ऽ भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ ।यस्तै महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङ  छन्  ।


प्रतिक्रिया