स्पेनमा हजारौं प्रदर्शनकारी सडकमा

आश्विन २९, २०७६

- स्वतन्त्र क्याटलोनियाको माग गर्दै स्पेनमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । बार्सिनोलामा प्रर्दशनको दोश्रो दिन आजपनि प्रहरी र प्रर्दशनकारीवीच झडप जारी छ । प्रहरीले कयौँ सेल अश्रुग्याँससहित लाठी चार्ज गरेको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले समेत प्रहरी लक्षित आगोको मुस्लो फालेका छन् । केही सीमित व्यक्तिले नियतबस् हिंसा भड्काएको स्पेनी सरकारले आरोप लगाएको छ । क्याटलोन स्वन्त्रता पक्षधर नेताहरुलाई सरकारले जेल सजाय सुनाएपछि प्रर्दशन झन चर्किएको छ ।  

प्रर्दशनकारीले क्याटलोलियाको मागसहितको जनमत संग्रहका लागि  पुन  प्रयास थाल्ने बताएका छन् ।  उनीहरुले आम हड्तालको आवहन समेत गरेको बीबीसीले उल्लेख गरेको छ । 

 


प्रतिक्रिया