विपक्षीको अवरोधपछि संसद स्थगित

आश्विन २९, २०७६ | बीबीसी

हङकङककी प्रमुख कार्यकारी क्यारी लामले संसदमा गर्ने भनिएको वार्षिक सम्बोधन प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको छ । सम्बोधन गर्न जार्ने क्रममा सांसदहरुले घेरेपछि स्थगित गर्न लाम बाध्य हुनुभएको बीबीसीले उल्लेख गरेको छ ।

हङकङमा लामो समय यता जारी तनावको मुख्य जिम्मेवार लाम भएको भन्दै विपक्षी सांसदहरुले नाराबाजी गरी विधान परिषद् सत्रमा बाधा उत्पन्न गराएका थिए । प्रत्यक्ष सम्बोधनमा बाधा उत्पन्न भएपनि लामले भिडियो सन्देश जारी गर्नुभएको थियो ।

प्रतिपक्षीको अवरोधका कारण संसद स्थगित भएपछि सुपुर्दगी विधेयक औपचारिक रुपमा फिर्ता हुन सकेन । सो विधेयक गत जुलाईमा नै स्थगित गरिएपनि संसद नबसेका कारण औपचारिक फिर्ता हुन सकेको छैन । सो विधेयक ल्याउने तयारी गरेपछि नै शुरु भएको बिरोध प्रदर्शन हङकङमा अझै जारी छ ।


प्रतिक्रिया