नेप्सेमा १९ करोडको कारोबार

आश्विन २९, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज करीब २० करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । बजार परिसूचक नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि घटेको छ । नेप्से आज ५ दशमलव १ अंकले घटेर १ हजार ३ सय ३७ दशमलव ३ बिन्दुमा पुगेको छ ।

नेप्सेमा आज १९ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भयो । हिजोको तुलानमा आज कारोबार रकम ३ करोड रुपैयाँले कम हो । ५ अंकले बढेको नेप्सेमा हिजो २२ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

नेप्समा आज कारोबार भएको मध्ये विकास बैंक, जलविद्युत र म्यूचल फण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । 

नेप्सेमा आज कुल १ सय ५९ कम्पनीका २ हजार ९ सय ८१ कारोबारबाट ७ लाख ३६ हजार ८ सय ८३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 


प्रतिक्रिया