भोटिङ मेसिन बिग्रिएपछि एनआरएनएको चुनाव भोलि १० बजेसम्मका लागि स्थगित

रेडियो कान्तिपुर संवाददाता

आश्विन २९, २०७६ | काठमाडौं

- भोटिङ मेसिनमा खराबी आएपछि गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको मतदान स्थगित भएको छ । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी भइरहेको छ । लामो समयसम्म कुर्दा पनि मतदान गर्न नपाएपछि मतदाताहरु आक्रोशित भई तोडफोड समेत भएको छ । 

 

 निर्धारित साढे ४ घण्टा पछि सुरु भएको भोटिङमा विद्युतीय प्रणालीबाट एक मत खसेपछि सिष्टम बिग्रिएपछि  मतदान भोलि बिहान १० बजेसम्मका लागि स्थगित गरिएको  निर्वाचन प्रमुख शिव रिजालले जानकारी दिनुभयो । महाधिवेशनमा ४१ पदका लागि ७७ जनाले मनोनयन दर्ता गराएका छन् । 

 


प्रतिक्रिया