विद्यालयको पर्खाल भत्किएर लाग्दा एक छात्राको मृत्यु

आश्विन ३०, २०७६ | धनुषा

विद्यालयको पर्खाल भत्किएर लाग्दा धनुषामा एक छात्राको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जनकनन्दी गाउँपालिका–४ उच्च माविको बालविकास कक्षामा अध्ययनरत ७ वर्षीया चञ्चल सदाको मृत्यु भएको हो ।

घाइते ४ वर्षीय छात्र समिर साफिलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । छात्रा सदाको सव पोष्टमार्टमक लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । कक्षामा पढाई भईरहेका बेला पर्खाल भत्किएर लाग्दा उनको मृत्यु भएको विद्यालयका शिक्षक योगनरायण झाले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालयको अनुदानमा बनेको ट्रष्टको घरमा ढोका र झ्यालको बीचमा बनाईको पर्खाल विद्यार्थी बसेको टेबलमा झरेको प्रधानाध्यापक रामकशोर यादवले बताउनुभयो । बालविकास कक्षामा २५ जना विद्यार्थी मध्ये आज १५ जना मात्र उपस्थित थिए । 


प्रतिक्रिया