नेप्सेमा १८ करोडको कारोबार

आश्विन ३०, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य अंकले सुधार देखिएको छ । बजार परिसूचक नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा भने हिजोको तुलनामा १ करोड रुपैयाँले कमी आएको छ । नेप्सेमा आज १९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

नेप्से आज शून्य दशमलव ७१ अंकले बढेर १ हजार १ सय ३७ दशमलव ७५ बिन्दुमा पुगेको छ । कारोबार भएका होटल, विकास बैंक, उत्पादनमूलक र नेपाल टेलिकम बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । सबै भन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३६ दशमलव ८६ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ६० कम्पनीका ३ हजार ५ सय ७८ कारोबारबाट ९ लाख ९८ हजार कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, १८ करोड २९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया