मन्त्री हेरफर हुँदैन : नेकपा अध्यक्ष दाहाल 

कार्तिक १, २०७६ | धनगढी

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमला दाहालले मन्त्रिपरिषदका सदस्यहरु हेरफेर नहुने बताउनु भएको छ । पार्टीमा मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गर्ने विषयमा कुनै छलफल नभएको उहाँले बताउनुभएको हो ।

धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मन्त्री हेरफेर प्रधानमन्त्रीको अधिकार भएकाले यो विषयमा बाहिर भएका चर्चा हल्ला मात्र भएको उहाँले बताउनुभयो । सुदूरपश्चिममा नेकपाबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन अध्यक्ष दाहाल धनगढी पुगेका हुन् ।

चिनियाँ राष्ट्रपतिको हालै भएको भ्रमणमा सुदूरपश्चिमका कुनै विकास योजना नसमेटिएको भएपनि आगामी दिनमा योजना अघि बढाइने उहाँले आश्वासन दिनुभयो । उहाँले भारत र चीन दुबै देशसँगको सम्बन्ध सुदृढ हुँदै गएकोले यसलाई अवसरका रुपमा लिएर अघि बढ्नु पर्ने बताउनुभयो । 


प्रतिक्रिया