एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १, २०७६ | काठमाडौं

- काठमाडौँ — गैरआवासीय नेपाली संघको काठमाडौंमा सम्पन्न नवाँ अन्तर्रा्िष्टय सम्मेलन तथा महाधिवेशनबाट संघको अध्यक्ष पदमा १२१७ मतसहित कुमार पन्त निर्वा्चित हुनुभएको छ । उहााका निकटतम प्रतिस्पर्धी कुल आचार्यले १०७० मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष पदमा ११६३ मतसहित बद्री केसी, १०२६ मतसहित अर्जुन कुमार श्रेष्ठ, ९६१ मतसहित मन केसी र ८९८ मतसहित सोनाम लामा निर्वा्चित हुनुभएको छ । यसैगरी महिला उपाध्यक्षमा १२३२ मतसहित रबिना थापा, महासचिवमा ११३९ मतसहित हेमराज शर्मा निर्वा्चित हुनुभएको छ ।यस्तै संघको सचिवमा ९१६ मत सहित गौरी राज जोशी र ८६८ मतसहित आर के शर्मा निर्वा्चित हुनुभएको छ, कोषाध्यक्षमा १६५३ मतसहित महेश श्रेष्ठ, सहकोषाध्यक्षमा ११८४ मतसहित लोक प्रसाद दाहाल निर्वा्चित हुनुभएको छ ।

यसैगरी संघको महिला संयोजकमा  ७०२ मतसहित भोमादेवि लिम्बु, युवा संयोजकमा ७६८ मतसहित हिमाल गुरुङ,  क्षेत्रीय संयोजक( अफिकां) रोशन थापा , निर्विरोध क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, निर्विरोध निर्वा्चित हुनुभएको छ । नवौा महाधिवेशनबाट क्षेत्रीय संयोजक एसिया प्रशान्त क्षेत्रबाट २१७ मतसहित गोविन्द श्रेष्ठ रोबिन्द, क्षेत्रीय उपसंयोजक १९८ मतसहित  खगेन्द्र  न्यौपाने र १९५ मतसहित पारसमणी पोखरेल, क्षेत्रीय महिला संयोजक अमृता थापा निर्विरोध निर्वा्चित हुनुभएको छ ।

 यस्तै क्षेत्रीय युवा संयोजक एसिया प्रशान्त क्षेत्रबाट) दिपक प्रसाद काडेल निर्विरोध, क्षेत्रीय संयोजक अमेरिकाजबाट १५४ मतसहित राजन त्रिपाठी,  क्षेत्रीय उप संयोजक अमेरिकाजबाट १५० मतसहित रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक अमेरिकाज १४४ मतसहित उमा कार्की थापा,  क्षेत्रीय युवा संयोजक अमेरिकाज विमला सापकोटा  निर्विरोध निर्वा्चित हुनुभएको छ ।यसैगरी क्षेत्रीय संयोजक मध्य पूर्व प्रविण गुरुङ निर्विरोध , क्षेत्रीय उपसंयोजक मध्य पूर्व मनोज कुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्विरोध, क्षेत्रीय महिला संयोजक मध्य पूर्व सुमित्रादेवी पौडेल निर्विरोध, क्षेत्रीय युवा संयोजक मध्यपूर्व राजु रेग्मी निर्विरोध निर्वा्चित हुनुभएको छ । क्षेत्रीय संयोजक ओसेनिया. १०५ मतसहित होमनाथ पाण्डे, क्षेत्रीय उप संयोजक ओसेनिया १०७ मतसहित नविन काडेल, क्षेत्रीय महिला संयोजक ओसेनिया जानकी पौडेल निर्विरोध, क्षेत्रीय उपसंयोजक ओसेनिया राजकुमार थपलिया निर्विरोध निर्वा्चित हुनुभएको छ ।

 त्यसैगरी यूरोप क्षेत्रबाट क्षेत्रीय संयोजक २७४.मतसहित नारायण प्रसाद आचार्य, क्षेत्रीय उप संयोजक ३६९ मतसहित मुक्त बहादुर गुरुङ, ३५७ मतसहित कृष्ण प्रसाद तिमल्सिना र २८३  मतसहित शुक्रराज न्यौपाने विजयी हुनुभएको छ । यस्तै क्षेत्रीय  महिला संयोजक (यूरोप) कुमारी योगिता थापा  (निर्विरोध) , क्षेत्रीय  युवा संयोजक जयकृष्ण ठाकुर  (निर्विरोध) निर्वा्चित हुनुभएको छ ।

 

 


प्रतिक्रिया