रुपन्देहीमा २ हजार ९२ जनामा डेंगु संक्रमण

कार्तिक १, २०७६ | बुटवल 

रुपन्देहीमा डेंगु संक्रिमत संख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हालसम्म २ हजार ९२ जनामा डेंगु संक्रमण भेटिएको छ । २ जनाको मृत्यु भएको पुष्टी भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक २० बढी बिरामी डेंगु संक्रमणको उपचारका लागि पुग्ने गरेका छन् ।

दैनिक सयौंको बिरामी पुग्ने अस्पतालमा  डेंगु पत्ता लगाउने कीट अभाव रहेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको १ सय ५० वटा कीट भदौ १५ गते नै सकिएको थियो । त्यसयता अस्पताल आउने बिरामीलाई परीक्षणका लागि निजी पठाउने गरेको छ ।

अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकले रोग पहिचानका लागि अस्पतालमा भर्ना भएका बिरामीले पनि बाहिर कीट परीक्षण गराउने अवस्था आएको बताउनुभयो । सुरुवातमा लुम्बिनी प्रादेशिक अस्पताल सहित रुपन्देहीका ७ वटा अस्पतालले मात्र डेंगु परीक्षण गर्थे ।

बजारमा ३ सय रुपैयाँमा पाइने डेंगुको कीट अहिले निजी क्लिनिकहरुले चेकजाँचको क्रममा एक हजार २ सय रुपैयाँ लिने गरेको छ । जिल्लामा भदौ यता दैनिक ३ सय बढी डेंगु परीक्षण भएको जनस्वास्थ्य कार्यालयको आँकलन छ । डेंगु सरकारले परीक्षणमा तदारुकता नदेखाउँदा बिरामी ठगिएको कार्यालयका भेक्टर कन्ट्रोलर केदार शाहले बताउनुभयो । 


प्रतिक्रिया