निलम्बित सभामुख महरालाई म्याद थपका लागि अदालत लगिँदै 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- संसद सचिवालयमा कार्यरत महिलालाई यौन दुर्व्यर्वहारको आरोपमा हिरातममा रहेका निलम्वित सभामुख कृष्ण बहादुर महरालाई म्याद थपका लागि आज अदालत लगिँदैछ । जिल्ला अदालत काठमाण्डौले दिएको १३ दिनको म्याद सकिएलगत्तै महरालाई म्याद थपका लागि अदालत लैजान लागिएको प्रहरीले जनाएको छ ।

गत असोज १९ गते पक्राउ परेका महराबिरुद्ध जिल्ला अदालत काठमाण्डौका न्यायधिस दिपककुमार दाहालको ईजलासले १३ दिनको म्याद दिएको थियो । यसबीचमा महरा बिरामी परेकाले उनको बयान लिन सकिएको छैन् । बयान नसकिएकाले महरालाई दोस्रो पटक म्याद थप्ने तयारी गरेको प्रहरीले जनाएको छ । यद्यपी महराले अदालतमा बयान दिन अस्विकार गर्दै आएका छन् ।

 

महराले आफुमाथि बलात्कारको प्रयास गरेको भन्दै संसद सचिवालयमा कार्यरत एक महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै चाडबाडका कारण अदालत बन्द भएको र त्यसपछि महरा बिरामी परेकाले बयान तथा अनुसन्धानको काम प्रभावित भएको छ ।   

 


प्रतिक्रिया