८२ वटा कम्पनीहरुको कारोबार रोक्का

कार्तिक ३, २०७६ | काठमाडौं

- स्टक एक्चेञ्जले सेयरमा आवद्ध ८२ वटा कम्पनीहरुको कारोबार स्थगित गरेको छ । धितोपत्र सुचीकरण विनियमवली २०७५ अनुसार धितोपत्र सुचीकरणको बार्षिक शुल्क नबुझाएको भन्दै सोल्टी र याक एण्ड यति होटेल सहित ८२ वटा कम्पनीको कारोबार स्थगित गरिएको हो ।

सूचिकरणको बार्षिक शुल्क नवुझाउने होटल, बैंक तथा वित्तिय संस्था, उत्पादन समूह लगायत कम्पनीका कारोबार रोकिएको सूचीकरण शाखाका अधिकृत नवराज थापाले जानकारी दिनुभयो ।

बोर्डले १९ वटा माइक्रो फाईनान्स, ११ म्यानुफ्याक्चर कम्पनीहरु, १८ बैंक, २ इन्सुरेन्स, १२ फाईनान्स, १३ हाईड्रोपावर, ३ ट्रेडिङ कम्पनी ,२ वटा होटल र अन्य २ वटा कम्पनीको कारोबार रोक्का गरेको जनाएको छ । 
 


प्रतिक्रिया