कुर्दीस लडाकु नहटे सफाया गरिदिने टर्कीका राष्ट्रपतिको चेतावनी

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले कुर्दीस लडाकु उत्तरी सिरियाबाट नहटे सफाया गरिदिने चेतावनी दिनुभएको छ । कुर्दीस समुह विरुद्धको कारवाही ५ दिनका लागि स्थगित भएसंगै राष्ट्रपति एर्दोगानले उत्तरी सिरियाको क्षेत्र खाली गर्न कुर्दिस समूहलाई चेतावनी दिनुभएको  हो ।

 टर्की र कुर्दिस समूहले युद्धविरामको उल्लंघन गरेको एक अर्का माथि आरोप लगाएका छन् । सिरियासंगको टर्कीको सिमा क्षेत्रलाई सुरक्षित बनाउने उद्धेश्यले कुर्दीस समुहलाई अन्यत्र लखेट्न कारावही सुरु गरेको जनाएको छ  । अमेरिकाले गठबन्धन गरेको कुर्दीस समुहलाई टर्कीले आतंकवादी समुहको संज्ञा दिएको छ ।

टर्कीको सेनाले नियन्त्रणमा लिएका शहरबाट सर्वसाधारणलाई सुरक्षित बर्हिगमनको समेत ब्यवस्था गर्न नसकेको बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले कुर्दीस समुह विरुद्धको आक्रामक रोक्न दबाब दिएपनि टर्कीले कारवाही नरोकेको आरोप लगाइएको छ । 


प्रतिक्रिया